नवलपरासी , ६ मंसिर
पश्चिम् नवलपरासीको एक सामुदायिक विद्यालयले समुदाय स्तरमा नौलो अभियान चलाएको छ ।जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ११ मा रहेको जनता आधारभूत बिद्यालयले सो अभियान चलाएको हो ।
अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको यातायात सुबिधाका लागि समुदाय स्तर र अविभावक बाट सहयोग संकलन गरिएको विद्यालयका प्रधानाध्यापक पुर्णकान्त गिरीले बताउनुभयो ।”सबैले आफ्नो स्वेच्छाले सहयोग गर्न सक्नु हुनेछ,कसैले धान चामल त कसैले आर्थिक सहयोग गर्नु भएको छ,हाम्रै कलिला बालबालिकाको सुबिधालाई ध्यानमा राखेर सहयोग अभियान सुरु गरेका हौ,सबैले सकारात्मक रुपमा लिनुभएको छ”प्रधानाध्यापक गिरीले भन्नुभयो ।मङ्गलबार सम्म मात्रै १ लाख ३० हजार बराबरको आर्थिक सहयोग संकलन भएको गिरीले जानकारी दिनुभयो ।प्रअ गिरिकै तदारुकतामा उक्त अभियान सुरु भएको हो ।
सामुदायिक विद्यालयका विद्यार्थीको यातायात सुबिधाका लागि स्थानीले समेत उत्साहीत भएर सहयोग गरेको अभियानमा सहभागीहरुले बताएका छ्न।”हाम्रै घर आगनको विद्यालय हो हामिले सहयोग नगरे कस्ले गर्छ सक्दो सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो,हाम्रै बालबच्चाले पढ्ने हुन”स्थानिय रमेश फौजदारले भन्नुभयो ।
विद्यालयमा १ सय १८ जना विद्यार्थीले अध्ययन गर्छन ।अविभावक र स्थानियको सामुदायिक विद्यालय प्रतिको उत्तरदायित्व रहने हुदा आगामी दिनमा यस अभियानले विद्यार्थीको संख्यामा समेत वृद्धि हुने बिश्वास लिईएको छ।बर्दघाट नगरपालिकामा ३७ वटा सामुदायिक बिद्यालयहरु रहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

