Rashtriya Dainik

नेकपा एमालेका अध्यक्ष एव पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पर्साको ठोरीमा

राजन कुमार बानिया /पर्सा ,५ मंसिर

नेकपा एमालेका अध्यक्ष एव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि पर्साको ठोरीमा रहेको बताए ।

नेकपा एमाले जिल्ला कार्यसमितिले अायोजना गरेको मंगलबार पर्साको पोखरिया नगरपालिकामा आम सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् रामको वास्तविक जन्मभूमि पर्साको ठोरी गाउँपालिकामा रहेको ओलीले दाबी गरेका छन।

पूर्व प्रधानमन्त्री ओलीले समय – समयमा भगवान् रामको जन्मभूमि ठोरीमा रहेको पुरानो ईतिहास मा रहेको दाबी गर्दै अाएका छन् । आम सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन । किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो । वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ । नेपालमा बिकास निर्माण को कार्य एमाले गरेको पुर्व प्रधानमन्त्री अोलीले दाबी गरेका छन । केपी अोली को सरकार ले १५ सैयाको अस्पताल,प्राबिधिक शिक्षालय,पेट्रोलियम पाईप लाईन भारत बाट अमलेखगंज सम्म पुर्याएकोको दाबी ।अहिलेको छदलिय सरकार देशलाई बर्बाद गरेका छन।अहिलेको सरकार देशको भ्रस्टाचार बाहेक केही गरेको छैन। अर्थतन्त्रलाई टहसनहस गरेका छन। अब देशलाई बचाउने दिन अाएको छ ,देशलाई नेकपा एमालेको सरकार बचाउने समेत दाबी गरेका छन। उनले ०८४ को निर्वाचन पश्चात् एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन् । पार्टीले अहिले देश सङ्गठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका हुन् । उनले भने, ‘आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी सङ्गठनलाई मजबुत बनाइरहेका छौँ । हामी मिसन ०८४ मा लागेका छौँ । २०८४ को चुनावमा देशभर एमालेको विजय पताका फहराउँछ । एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ ।

ओलीले एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने बताए । देशलाई अहिलेको बेथिति र विसङ्गतिबाट बाहिर निकाल्न एमाले सरकारको विकल्प नै नभएको उनले बताए ।

एमाले आफ्नो नेतृत्वको सरकारमा छिमेकी मुलुकहरूसँग दबिएर होइन समान हैसियत बनाएर अगाडि बढ्ने नीति लिने उनले बताए । मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यस्ता समस्याबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनको भनाई थियो ।

दुर्गा प्रसाईँलाई नयाँ तत्त्वको शिखण्डीको संज्ञा दिँदै उनले भने, ‘अहिले देशमा केही नयाँ तत्त्वहरू उफ्रिइरहेका छन् । अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै त्यस्ता शिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन । कुनै मतलब पनि राख्दैन किनकि एमाले सिसाको गिलास होइन जुन कतै ठोकियो भने पिटिक्कै फुटी हाल्ने , एमाले त्यस्तो इस्पात हो जुन घनले हान्दा पनि टसमस हुँदैन । त्यसैले अहिले उफ्रिइरहेका नयाँ शिखण्डीहरूको एमालेले मतलब नै राख्दैन ।
पुर्व साँसद हरिनारायण रौनियार जनता समाजवादी पार्टी नेपाल प्रत्याग गरि एमालेमा प्रवेश गरेका छन।त्यसतै नेपाली काँग्रेसबाट निर्वाचित भएका धोबिनी गाउँपालिका का पुर्व गापा अध्यक्ष सरेश प्रसाद कुर्मी ,वडा अध्यक्ष मजिद मियाँ, । नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी बैठा,मुनी श्रीवास्तव लगायत विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता हरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुर्व साँसद रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताए । विशाल अाम सभा र पार्टी प्रवेश कार्यक्रम एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्ष्ातामामा भएको कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, पुर्व मन्त्री रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू , राजकुमार गुप्ता ,रामएकबाल मियाँ , अरबिन्द सिंह,जालिम मियाँ ,पोखरिया नगरिालिका का मेयर प्रधुमन चौहान समेतले नव प्रबेशीहरुलाई फुलमाला अबिर गमछा अोढाएर स्वागत गरेका छन।कार्यक्रम संचालन नेकपा एमाले पर्साका सचिव एव छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले संचालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित