संजय कुशवाहा / नवलपरासी ३ मंसिर अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम नवलपरासी लगायत देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदै छ । छठको तेस्रो दिन आज साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका,बर्दघाट नगरपालिका,रामग्राम नगरपालिका,पाल्हिनन्दन गाउँपालिका,सरावल गाउँपालिका,सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको विभिन्न स्थानमा रहेको ताल तलैया,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ । सिङगारिएको पोखरी , नदि र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर हरेक किसिमका फलफूल तथा पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान सहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ । यस पूजाको अवसरमा ब्रतालुहरुले सुर्य र छठी माताको आराधना गर्छन् । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । छठमा उपबास गरी व्रत बसी पुजाआजा गर्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भने पारिवारमा सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ । यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।