Rashtriya Dainik

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपरासी , २ मंसीर ।

नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नवलपरासीका थारु अगुवा समुदाय संग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रम सांसद चौधरीले यस्तो बताउनुभएको हो ।

नेपालको हरेक परिवर्तनमा ईतिहास देखी बर्तमान अवस्था सम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको जिकिर गर्दै सांसद चौधरीले थारु समुदायको जाजय माग पुरा गर्न राज्य लाग्नुपर्ने बताउनुभयो ।

थारु समुदायको उत्थान र उनिहरुको समग्र समस्याका बारेमा गहन छलफल भएको सो क्रममा चौधरीले भन्नुभयो मैले उहाँहरुले उठाउनुभएका विषय सम्बोधनका लागि संसद र सरोकारवाला निकायमा गम्भीर रुपमा उठान गर्नेछु ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित