Rashtriya Dainik

प्रतापपुर गाउँपालिका वडा न.७ वडाध्यक्षद्वारा प्रेस विज्ञप्ति जारी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा न.७ का वडा अध्यक्षले विहीबार एक प्रेस विज्ञप्ति जारी गरि वडा न.७ जगतपुर टोलबाट कार्तिक २८ गते फेसबुक सञ्चालले अनावश्यक भिडियो बनाइ अरुको जग्गा मेरो हो भनी जग्गा कब्जा गरेको भन्दै फेसबुकबाट सुचना प्रवाह गरेकोमा दुःख भएको उल्लेख गरिएको छ।


वडा अध्यक्ष हरेन्द्र यादवले जारी गर्नुभएको विज्ञप्तिमा म माथी लक्षित गरि झुठो अनावश्यक भिडियो बनाइ सुचना प्रवाह गरिएकोमा प्रतापपुर ७ जगतपुर बस्ने त्रिवेणी यादवको ३ भाइ छोरा मध्ये जेठो छोरा रामकिसुन यादव, माइला बाबुराम यादव र कान्छा सिताराम यादव भएकोेमा निजहरूको सम्पुर्ण सम्पत्ति बाबु त्रिवेणी यादवको नाममा दर्ता रहेको र रामकिसुन यादव र सिताराम यादव दुबै जनाबाट कोहि पनि सन्तान नभएको तथा बाबुराम यादवको एक मात्र छोरा विरेन्द्र यादव रहेकोमा विरेन्द्र यादवले आफ्नो बुवा बाबुराम यादवमाथी चरित्रहीनको दोष लगाइ एक महिनादेखि रुपन्देहीको मणीग्राममा रहेको सुधारकेन्द्रमा भर्ना गरेको र ठूलो बुवा रामकिसुन यादवलाई एक वर्ष पुर्वदेखी अभद्र व्यवहार गरि घरबाट लखेटेको तथा काका सिताराम यादव सुस्त मनस्थिति भएको र उनी १०/१२ वर्षदेखि भारतको बेलहिया कुटीमा बसोबास गर्दै आएकोमा निज विरेन्द्र यादवले तिनै जनाको सम्पुर्ण सम्पत्ति एकलौटी मेरो हो भनी जबर्जस्ती कब्जा गर्न खोज्दा ठूलो बुवा रामकिसुन यादवले आफ्नो जग्गा जोत्न जादा उक्त जग्गा भतिज विरेन्द्र यादवले कब्जा गरेको भनी म वडा अध्यक्ष हरेन्द्र यादव समक्ष न्याय माग्न आउदा म वडा अध्यक्षले सो सम्बन्धमा सत्य तथ्य व्यहोरा बुझी रामकिसुन यादवलाई न्यायिक सहयोग गरेको भनी मोबाइलबाट झुठो भिडियो बनाइ आरोपका साथै राजनितिक प्रतिसोध एवं झुठो सुचना फेसबुक सञ्चालबाट प्रवाह भएको जानकारी प्राप्त हुन आएकोमा यसै प्रेस विज्ञप्तिबाट सम्बन्धित सबै सरोकारवाला निकायलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित