पश्चिम नवलपरासीको सरावल गाउँपालिका-६ पुसौली टोलमा बाख्रा पालनका लागि आवश्यक सहयोगी सामग्री र औषधी वितरण गरिएको छ।
नवप्रतिभा समूहका सदस्यहरुलाई बाख्रा पालनका लागि आवश्यक सहयोगी सामग्री र औषधी वितरण पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिकाको समन्वयमा असल छिमेकी नेपाल संस्थाद्धारा समुदाय सशक्तीकरण, जीविकोपार्जन तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्र्तगत उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले एक कार्यक्रम बिच समूहका सदस्यहरुलाई रु ६० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको असल छिमेकी नेपालले जनाएको छ ।

समूहमा आवद्ध २४ जना किसानहरुलाई टनिक, जुम्राको औषधी, जुकाको औषधी, ज्वरोको औषधी, कोपनी, एन्टिबाटिक, चापट, घाँसके बीउ बर्सिन, टोटाभेट पाउडर लगायतका सामग्री हस्तान्तरण गरिएको हाे ।
उनीहरुलाई गत असोज १४ देखि तीन दिने बाख्रापालन तालिम प्रदान गरिएको थियो ।

तालिम पश्चात बाख्रा पालनका लागि आवश्यक सामग्री र औषधी समेत प्राप्त गरेकोले अव किसानहरुले व्यवसायिक रुपमै बाख्रापालन गरि आयआर्जन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष चौधरीले जोड दिनुभयो । गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर बजेट तथा योजना सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष चौधरीले डुबान क्षेत्रमा कृषि र पशुपालनको क्षेत्रमा थप प्राथमिकता दिईएको उल्लेख गर्नुभएकाे थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

