पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा गाउँले पुरुष कबड्डी प्रतियोगिता शुरु भएको छ ।
ललितपुर खेलकुद समितिको आयोजना तथा सरावल-४ वडा कार्यालयको सहयोगमा शुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष सुखदीप्रसाद चौधरीले उद्घाटन गर्नुभयो ।
खेलकुद समितिका अध्यक्ष जीतबहादुर यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ४ का वडा अध्यक्ष सुरेश यादव, वडा सदस्य अर्जुन गुप्ता, गाउँपालिका अध्यक्षका स्वकीय सचिव सञ्जय मौर्य, गाउँपालिका उपाध्यक्षका स्वकीय सचिव गोपिचन्द हरिजन लगायतलेको सहभागिता थियो ।
आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १२ हजार, मेडल र कप दोस्रो पुरस्कार एक थान बोका, मेडल र कप, तृतीय पुरस्कार बीस केजी मासु, मेडल र कप तथा सान्त्वना पुरस्कार दश केजी कुखुराको मासु र मेडल कपको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

