Rashtriya Dainik

सहकारी विभागकाे प्रमुखमा देबेन्द्रराज कण्डेल

राष्ट्रिय दैनिक ,१ मंसिर

नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कण्डेल पुर्व गृहराज्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित