राजन कुमार बानिया / पर्सा ,३० कार्तिक
नेपाली काँग्रेस नगरकार्य समिती पोखरियाको आयोजनामा हिन्दुहरुको महान चार्ड पर्व शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रम पर्साको पोखरिया नगरपालिका वडा नं ४ पार्टी कार्यालयको प्राङनमा सम्पन्न भएको छ।
चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य ,साँसद अजय चौरसियाले दिपावली र छठ पर्वको शुभकामना दिदै भने देशमा अार्थिक मनदी समयमा कहिले करोना,कहिले नाकाबन्दी ,धैरै देशहरुमा युद्धका कारण बिजनेस ब्यपारमा मन्दी छाएकोले यो मन्दीबाट कसरी बचने र देशलाई बचाउन योसको बारेमा सोचने दिन अाएको छ। अहिले देशमा केही तत्वले अारजक्ता फैलाउदै छन ,अारजक्ता मचाउनेहरु संग देश कसरी बचाउने। धेरै मेहनत पछी नेपालमा गणतन्त्र अाएको २००७/०१७/०४६ र ०५३ सालमा जेलनेल,सहिद र जनताहरु सहादत बलिदानीबाट देशमा गणतन्त्र अाएको छ। गणतन्त्र समाप्त पार्न जहानिया शक्तिहरु लागिपरेको छ यिनिहरु संग सजग रहन अाग्रह समेत गरे । हजारौ नेपालीहरुको रगत बगाएर दिएको बलिदानी बाट अाएको गणतन्त्रलाई केही त्तवहरुले समाप्त गर्न खोजनेलाई अब हामी सहन नसकने अब हामीहरु प्रतिकार गर्ने चेतवनी समेत दिनु भएको थियो। अाफ्नो नेता कार्यकर्ताहरुलाई सचेत रहि ईमानदार भई पार्टी बलियो बनाउन पुर्व मन्त्री चौरसियाले अाग्रह समेत गरे।
चियपान तथा शुभकामना अदानप्रदान कार्यक्रम पोखरिया नगर अध्यक्ष रामबाबु प्रसान चौहानको अध्यक्ष्ातामा भएको कार्यक्रममा बशिष्ट अतिथि पुर्व मन्त्री सुरेन्द्र चौधरी, नेपाली काँग्रेस पर्सा सभापति एव प्रदेश साँसद जनार्दन सिंह क्षेत्री,प्रदेश साँसद श्याम पटेल,जिल्ला उपाध्यक्ष रामनारायण कुर्मी,अशोक गुप्ता , पटेर्वासुगौली गापा अध्यक्ष दिनेश चौधरी, पोखरिया नगरपालिकाको पुर्व नगरप्रमुख दिपनारायण रौनियार , पटेर्वासुगौली गापा उपाध्यक्ष ममता महतो,प्रदेश सदस्य शलेन्द्र यादव, नेकपा माअोबादी पोखरिया नगरकमिटि अध्यक्ष पानालाल पटेल,जसपाका केन्द्रीय सदस्य खलिल मियाँ , क्षेत्रिय सभापति श्रीकिसुन चौहान , प्रगास गिरी, लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए। कार्यक्रममा ललन दुबेदी , सकिम मियाँ , बिदया पाण्डे वडा अध्यक्ष लक्ष्मण साह, प्रमान्द पटेल,सियान्नद चौहान,किशोरी साह,बिधार्थी नेता मनोज यादव लगायत सयौको संख्यामा सहभागिता रहेको थियोे । कार्यक्रम संचालन शुभलाल शाहले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

