Rashtriya Dainik

मंगलापुरमा सम्पन्न खुल्ला कबड्डी प्रतियोगिताको उपाधि दुबाैलीयालाई

राष्ट्रिय दैनिक / नवलपरासी ,१ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुरमा सम्पन्न खुल्ला कबड्डी प्रतियोगिताको उपाधि दुबाैलीयाले जितेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा बालुवाटाेललाई पराजित गरी दुबाैलीयाले खसी र मेडल पुरस्कार सहित उपाधि हात पारेको हो।

उपविजेता बालुवाटाेलले खसी र मेडल पुरस्कार प्राप्त गर्‍यो। त्यस्तै तृतीय धनगडवा र सान्त्वना पुसाैलिले हासिल गरेको हाे। धनगडवा र पुसाैलिलाई कुख्रा प्रदान गरिएको हाे। खुल्ला कबड्डी प्रतियोगितामा जिल्ला भित्रकाे ३८ वटा टिमकाे सहभागीता रहेको थियो ।


दुर्गा युवा क्लब मंगलापुरकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता क्लबका अध्यक्ष बिनाेद सहानीकाे अध्यक्षता तथा सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष उत्तमा रायकाे प्रमुख आतिथ्यतामा खेल सम्पन्न भएको हाे।

पुरस्कार वितरण गर्दै निवर्तमान उपाध्यक्ष रायले युवाहरुले देश र स्वास्थ्यको लागि खेल खेल्नु पर्ने बताउनु भएको छ । खेलकुदको माध्यमबाट युवाहरुलाई समाज प्रति अझ जिम्मेवार भई लाग्नुपर्ने बताउनु भएको हाे।खेलाडीहरुकाे खेलकाे सीप रहेको बताउदै यी खेलाडीलाई प्रशिक्षण दिनुपर्ने कुरा राख्दै खेलाडीकाे मनाेबल उच्च बढाउनुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

त्यस्तै जिल्ला फुटबल संघका सचिव महेन्द्र चाैधरीले यश क्लबले जिल्ला स्तरीय खेल खेलाउन याेजना बनाएको सुनेको कुरा राख्दै त्यस खेल सन्चालनकाे लागि जिल्ला फुटबल संघबाट साथ सहयोग रहने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय दैनिककका कार्यकारी निर्देशक उमेश बि.क ले कबड्डी खेलकाे लागि मंगलापुर उर्बर भुमि रहेको बताउनुभयो । मंगलापुर खेलाडी उत्पादन गर्ने केन्द्र जस्तै रहेकोले याे खेल संरक्षणका लागि सबैले चासो दिनुपर्ने कुरा राख्दै खेलले विभिन्न राेगबाट लड्ने क्षमता हुनुका साथै खेलबाट खेलाडीलाई शारीरिक , मान्सिक रुपमा स्वास्थ्य राख्नुका साथै सामाजिक प्रतिष्ठा कमाउने माध्यम पनि रहेको बताउनुभयो । क्लबका संस्थापक अध्यक्ष जन्मेजय यादवकाे अगुवाइमा तमाम सामाजिक काम जस्तै जेष्ठ नागरिक सम्मान , कम्मल वितरण , राहत वितरण ,चवनप्रास वितरण लगाएतकाे थुप्रै उदाहरणीय काम भएकोले खेलाडीहरु समाजमा असल ब्यक्ति बन्न जरुरी रहेको बताउनुभयो । खेल शारीरिक मान्सिक रुपमा स्वास्थ्य रहेको ब्यक्ति खेल्न सक्ने भएकोले खेलि रहेको खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलेकाे देख्न मिलाेस भन्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी जन्मेजय यादव , बासुदेव सहानी , राजु यादव, रेशमराज प्रजापति लगाएतकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित