Rashtriya Dainik

भूकम्पबाट बढी प्रभावितलाई ईयूले २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने

काठमाण्डौ, कार्तिक ३० । युरोपेली सङ्घ (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायताका लागी यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्ध पिउने पानी, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोटका भूकम्प पीडितलाई मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने निर्णय भएको नेपालमा रहेको युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित