Rashtriya Dainik

बेलाटारी प्रहरीद्वारा पाँचवटा गाडी सहित बालुवा नियन्त्रण

ज्ञानेश्वर सहानी / नवलपरासी ,३० कात्तिक

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ को मर्चवार गाउँबाट नारायणी नदीमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै ५ वटा गाडी सहित रामनगर बाट १०० किलाे कुखुरा नेपाल प्रहरीले समातेको छ।

नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ मा पर्ने नारायणी नदीमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलाटारीले ५ वटा गाडी समातेको छ।

चोरी निकासी गर्न क्रममा लु ३ त ४५६०, लु २ त ६४५९, लु २ त २७०७, लु ४ त २२१५ नम्बरको ४ वटा गाडी सहित ५ वटा टालि समातेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्याम प्रकाश यादवले बताउनु भएको छ ।

नारायणी नदीमा नदीजन्य पदार्थ चोरी निकासी हुन थालेपछि नेपाल प्रहरी एक्सनमा आएको ईलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित