Rashtriya Dainik

भारतबाट अवैध रुपमा नेपाल ल्याइएको लेडिज सुट सशस्त्र प्रहरीद्वारा बरामद

आरपि उपाध्याय / नवलपरासी ,३० कार्तिक

पश्चिम नवलपरासी अन्तर्गत सशस्त्र प्रहरी बल भुजहवा बोर्डर आउट पोस्टले सिमा पार भारतबाट अवैध रुपमा नेपाल ल्याइएको मखमलको लेडिज सुटलाई बुधबार बिहान बरामद गरेको छ।

प्रतापपुर गाउँपालिका ४ पचफेडा इलाकामा ल्याइ लुकाइराखेको अवस्थामा अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभएको छ।

सशस्त्र प्रहरी बल भुजवहा बि.ओ.पि. का सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीको नेतृत्वमा गएको ७ जनाको टोलीले अवैध कपडा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलको जनशक्तिले बरामद गरेको कपडामा ३४४ ओटा मखमली लेडिज सुट रहेको थियो भने उक्त सुटको मूल्य ८ लाख ६० हजार रहेको जानकारीमा आएको छ।

चाडपर्वलाई लक्षित गरि अवैधकर्मीहरुले सिमा पार भारतबाट अवैध रुपमा ल्याइएको कपडालाई ए.पी.एफ. को जनशक्तिले सुक्ष्म ढंगको अनुसन्धानबाट बरामद गरेको पनि बताइएको छ।

ए.पि.एफ. ले बरामद गरेको कपडालाइ महेशपुर भन्सार पठाउने प्रकृया भैरहेको स्रोतले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित