धनुषा : धनुषामा रेलले किचेर एक जनाको मृत्यु भएको छ। आज बिहान धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वेको लिकमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रेल्वे लिकमा पर्दा शरिर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
आज बिहान जनकपुरबाट भारतको जयनगरको लागि रेल छुटेको थियो ।
मृतकको सनाखत हुन सकेको छैन भने प्रहरीको टोली घटनाको मुचुल्का गरिरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

