राष्ट्रिय दैनिक /नवलपरासी , २७ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ जनकपुरमा पाचौं बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कालिका सामुदायिक बिकास संस्थाकाे आयाेजना तथा संगम किशोरी एव महिला समुहकाे सहआयाेजनामा संस्थाका अध्यक्ष जित बहादुर चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले हाम्रो गाउँठाउँमा भइरहेको सांस्कृतिक कार्यक्रमहरुले पुर्खाहरुकाे रितिरिवाज , कला संस्कृति जगेर्ना गर्न ठुलो मद्दत भएको बताउनुभयो । यस्ता कला संस्कृतिले संस्कार सिकाउनुकाे साथै संगठित हुन र पुस्ता हस्तान्तरण गर्न ठुलो मद्दत गरेको छ। पालिकाले विभिन्न बिकास निर्माणकाे काम गरिरहदा जनताले प्रत्यक्ष लाभ लिइ रहेका छन भने यस्तो कार्यक्रमले संगठित गराई समाजिक उत्तरदायित्व निर्वाह गर्न मद्दत गरिरहेकाे छ । खेलकुद र सांस्कृतिक कार्यक्रमले शारीरिक , मांसिक रुपमा सक्रिय गराई स्वास्थ्य राख्नुका साथै अनुशासन र ब्यक्तित्व बिकासका साथै पहिचान दिलाउन ठुलो मद्दत गरेको छ । हाम्रो गाउँठाउँमा भएको सांस्कृतिक कार्यक्रमहरु पाेसाग अनुसारको नृत्य र गित छनाैट गर्न सुझाव दिदै यस्ता कार्यक्रम विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाउनु भएको हाे ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरीले वडा भित्रकासबै टाेलकाे विकास निर्माणका लागि आफू र पालिका लागि परेको बताउनुभयो । आफुहरु निर्वाचनको बेला मात्र राजनीतिक पार्टीबाट रहेको बताउदै जितिसकेपछि सबै जनप्रतिनिधि सबै जनताका रहेकोले वडाबाट भएको गल्ती कमि कम्जोरी वडामा आई सुझावकाे रुपमा दिन अनुरोध गर्नुभयो । आएकाे सुझाव आत्मसात गरि कार्य सम्पादक गर्ने बताउनुभयो । भएको सांस्कृतिक कार्यक्रमले कला संस्कृति जगर्ना गर्ने भएकोले यस्तो कार्यक्रमका सन्चालनका लागि वडा सहयाेग साथ दिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय दैनिक मिडियाका कार्यकारी निर्देशक उमेश बि.क र समाजसेवी भाेज बहादुर चाैधरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सरावल वडा नम्बर ३ का वडा सदस्य केशव चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन अवध बिहारी चाैहानले गर्नुभएको थियो।

कार्यक्रममा विविध सांस्कृतिक टाेलिकाे सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

