देवचुली,२६ कार्तिक
पूर्वि नवलपरासीको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान ११:३० बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका –९, स्थित गोरेघुम्तीमा दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।
दुर्घटनामा परि एक जना घाइते भएकाछन् । जिपमा ७ जना सवार रहेको उहाँले बताउनुभयो । जिप अनियन्त्रीत भएर घरको भित्तामा ठोक्किन पुगेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

