कपिलवस्तु , २६ कार्तिक।
आफ्नो घर आँगन आफै सफा गरौं,वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर बनाऔ भने मूल नाराको साथ मायादेबी गाउँपालिका वडा नं.१ मा अबस्थित नवीन इंस्टीट्यूट प्रा.लि.को आयोजनामा पकडी गाउँ देखि पकडी चोक हुदै इलाका प्रहरी कार्यालय पकडी भएर पुनः पकडी चोकमा एक कार्यक्रम बीच बृहत सरसफाई तथा शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।

कार्यक्रममा सङकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरिएको थियो। सरसफाई अभियानमा युवा,किशोर किशोरी,महिला, लगायतका सहभागिता रहेको थियो। उक्त अभियान सँगसँगै फोहोरलाई आ-आफूले व्यवस्थापन गर्नुपर्ने,फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित रहेकोले उपयुक्त ठाउँमा नष्ट गर्ने नबिन इंस्टीट्यूट प्रा.लि.का सीईओ नबीन चौधरीले बताउनुभयो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मायादेवी गाउँपालिका १ नम्बर का वडाध्यक्ष मोहम्मद इसहाक मुसलमानले सरसफाई कार्यक्रम मानिसको जीवनमा अत्यन्तै जरुरी रहेको हुदा हामी सम्पूर्णले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । साथै मायादेवी गाउँपालिका १ नम्बर वडा कार्यालयले यस्ता कार्यक्रमहरू नियमित रुपमा संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
त्यस्तै उक्त कार्यक्रममा मायादेवी वन साझेदारी व्यवस्थापन समितिका अध्यक्ष दिनेश जयसवालले सरसफाई आवश्यक रहेको हुँदा सम्पूर्ण नपालीहरुले आफ्नो गाउँघर सफा राखौं स्वच्छ वातावरण बनाउन आग्रह गरेका हुन्। साथै मुलुकको राजनीति परस्तीले गर्दा भरष्टचार समेत बढेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

साथै कार्यक्रम समापन गर्दै नवीन इंस्टीट्यूट प्रा.लि.का सिईओ, नवीन चौधरीले यस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ तथा आउँदै गरेको शुभ दीपावली,भाई टिका, तथा छठ पर्वको समेत शुभकामना ब्यक्त गर्नुभएको थियो। साथै नवीन इंस्टीट्यूट प्रा.लि ले विगत केही वर्षदेखि कोरियन भाषामा देशकै उत्कृष्ट बन्दै आएकोले हाल नवीन इंस्टीट्यूट प्रालि मा अध्ययनरत विद्यार्थी छ सय जना रहेको समेत बताउनुभएको छ। कार्यक्रमको संचालन नवीन इंस्टीट्यूट प्रा.लि का एम.डी इमरान हुसेनले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

