बुटवल । बुटवल भैरहवा सडकको तिलोत्तमा खण्डमा सडकको बीचभागमा रहेको बुद्धको मूर्ति फुटाउँदै हिँड्ने एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । आज मध्यान्ह मङ्लापुर बजार नजिकैको बुद्धमूति तोेडफोड गर्दै हिँडेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयले एकजना युवकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी दानबहादुर थापाले बताए । प्रहरी समक्ष नबोलेको र मानसिक अवस्था पनि शंकास्पद रहेको बताउँदै डिएसपी थापाले नियन्त्रणमा आएको युवकको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । युवकलाई मङ्लापुर चौकीमा राखिएको छ । प्रहरीका अनुसार ती युवा रानीगञ्ज तर्फबाट आएको अनुमानको आधारमा प्रहरीले त्यसतर्फ बुझ्न टोली पठाएको छ ।
तिलोत्तमा खण्डमा यसअघि पनि सडक किनारमा बुद्ध मूर्तिहरुमा तोडफोड भएको थियो । सुनियोजित देखिने लगातार सडक किनारका मूति फोडिएपनि अहिले सम्म मूति तोडफोड गर्नेलाई पक्राउ गरि प्रशासनले कारवाही चलाउन सकेको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

