बुटवल- लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १३ वटा अस्पताल विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवनप्रसाद वझालाई र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई दाङ निवासी दीपक शाहलाई मनोनीत गरिएको छ ।
त्यस्तै गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन ,प्युठान अस्पतालमा सुवास केसी, र रोल्पा अस्पतालमा शेरबहादुर थापालाई मनोनीत गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

