पर्सा ,२५ कार्तिक
पर्साको कालिकामाई गाउपालिकामा दीपावली तथा छठको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ।
नेकपा एमाले पालिका कमिटिको आयोजना दीपावली तथा छठको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रम संचालन भईरहेको समयमा करिब ३ सय जनाले पार्टी प्रवेश गरेका छन । कार्यक्रममा जसपा , कांग्रेस लगायतका पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन ।
कार्यक्रममा पोटिब्यूरो सदस्य अच्यूत मैनाली, केंद्रीय सदस्य निर्मला देवकोटा,सांसद प्रभु हजरा, संबिधान सभा सदस्य जय प्रकाश थारू, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पोखरिया नगर प्रमुख प्रदुमन प्रसाद चौहान, छिपहरमाई गाउपालिका अध्यक्ष मनोज गुप्ता, जगरनाथपुर गाउपालिकाका पुर्ब अध्यक्ष ज़ालिम मियाँ, पुर्ब वडा अध्यक्ष पवन तिवारी, नेपाल पत्रकार महासंघ अध्यक्ष अनूप तिवारी, वडा अध्यक्ष सोनालाल चौरसिया,युवा संघ केन्द्रिय सदस्य कौशल किशोर साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

