पर्वत , २४ कार्तिक
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर बाच्छावोटमा रहेको बर्राचौरकै पुरानो कृषक समुह बाच्छावोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुलीले समुहका सदस्यलाई अचम्मित तरिकाले झुक्काउदै गर्दा सत्य कुरा बहिरिएको छ ।
यदिबेला पहाड र तराईका केही भेगमा धानखेती थकाएर विभिन्न नगदेबालि खेती गर्दै छन् कृषकहरु । यहीँ मौकामा चौका थाप्दै बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको बाच्छावोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुली कृषक समुहका सबै सदस्यलाई उन्नत जातको ( जनकदेव ) आलुको बिउ लिएर दिने भन्दै पोखरा बाट ३० कुइन्टल आलु मगाएका थिए उनले मगाएको बिउ आलु मध्य २० कुइन्टल खाने आलु र १० कुइन्टल बिउ आलु रहेको पाएको छ ।
बिउका लागि ल्याएको आलु आधाआधि कुएको र ठुलो देखिएपछि समुहका सदस्य गोविन्द उपाध्यले उक्त आलु लगाउन ठिक छ कि छैन भनेर पर्वत कुश्मामा रहेको कृषि ज्ञान केन्द्र मा परिक्षण गर्ने पठाएको मा कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारी उक्त आलु बिउ नभइ खानकाली उपयुक्त हुने बताए ।
उक्त आलु खरिद गर्दा कृषक समुहका सदस्यलाई ७५% अनुदान र २५ % सदस्यको पैसाले किन्न पाउने भनिएपनि उक्त आलुको मुल्य सामान्य बजारमा पाइन्े भन्दा महंगो रहेको समुहका सदस्य हिमराज पराजुलीले बताए । उक्त बिउ आलुको मूल्य प्रतिकेजी ८५ तोकिएको थियो ।
यस्तै सोही वडामा रहेको आत्मनिर्भर कृषक समुहले आफ्नो सदस्यलाई जनकदेव जातको बिउ आलु स्याङ्जाको गल्याङ बाट मगाएर प्रतिकेजी ६५ का दरले वितरण गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

