Rashtriya Dainik

प्रभु साहकी पत्नी रिना शाहलाई मेयरमा पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ , २४ कार्तिक |

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार यस्तो आदेश गरेको हो ।

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिना कुमारी साहको पद यस अघि निलम्बन गरेको थियो । मेयर साह आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहको श्रीमती हुन् ।

‘नवेदिकाको नगद प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सुचना समेत हाललाई कार्यान्वयन नगर्नुनगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रहि यथावत कामकारवाही गर्न दिनु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९२० बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ’, सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ । साथै यस सम्वन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित