ज्ञानेश्वर सहानी /नवलपरासी / कात्तिक २४
जिल्ला प्रहरी कर्यालय नवलपरासीको रामनगर प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ३ सय किलो माछा बरामद गरी नष्ट गरेको छ।
बिहीबार राति १० बजे सुस्ता गाउँपालिका वडा नम्बर ०५ बनकटी गाउँ बाट भारतिय माछा प्रहरीले बरामद गरेको हो।
विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको ईलाक प्रहरी कार्यालय बेलाटारीले बताए।
भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछि माछा लाई नियन्त्रणमा लिइएको ईलाक प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

