बिरगंज ,२३ कार्तिक
बिन्दवासिनी गाउँपालिका वडा न.३ ठुलो इटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विधालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ ।
नेपाल स्काउट निम्न माध्यमिक विधालयको आयोजनामा यस बिधालयको ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हाे ।
बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकास देखि कक्षा ८ सम्मका ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको यस बिधालयको ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी गराए ।
कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष ज्योती चौरसिया,शिक्षा शाखा प्रमुख कपिल लामिछाने,बिधालय ब्यवस्थापन समिती सदस्य उमा देवी,सबिता देवी,मिना देवी,बिधालयका प्र.अ प्रमोद प्रसाद चौरसिया,शिक्षक,अभिभावक,शिक्षाप्रेमी,बुद्धिजीवी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन बिधालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

