नवलपरासी / २३ कार्तिक
पाल्पा सिमेन्टमा टिपर व्यवसायी र उद्योग बिच २०७७ सालमा सहमाती गरि रु ६०० प्रति टन गर्दा डिजेलको मुल्य प्रति लिटर रु ८२ हुदा हाल मुल्य बृद्धिका कारण डिजेल प्रति लिटर मुल्य रु १६२.५० इन्धनको मुल्य बृद्धिले दोब्बर हुदा ढुवानी भाडा नबढाएको भन्दै टिपर व्यवसायीले आज बिहानदेखि आन्दोलन उत्रिएका छन् ।
उद्योग सञ्चालनको समयमा तय गरिएको ढुवानी दरमा हालसम्म वृद्धि नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको दाउन्ने देवी टिपर व्यवसायी हित कोषका उपध्यक्ष धुब्र खारेलले बताए । ‘उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा प्रयोग हुने टिपरहरुको दररेट चार वर्ष अगाडि तय भएको थियो । हामीले पटक पटक भाडादर वृद्धि गर्न माग पनि गर्यौं । तर सुनुवाइ भएन,’ खारेलले भने उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पाल्पाबाट ढुवानी हुन्छ ।
पाल्पाबाट उद्योगसम्म चुन ढुंगा ढुवानीको काम स्थानीय व्यवसायीहरुले गर्छन् । भाडादर वृद्धिको लागि उद्योगलाई पटक पटक अनुरोध गर्दा सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ । पाल्पा सिमेन्टमा टिपर व्यवसायी र उद्योग बिच २०७७ सालमा सहमाती गरि रु ६०० प्रति टन गर्दा डिजेलको मुल्य प्रति लिटर रु ८२ हुदा हाल मुल्य बृद्धिका कारण डिजेल प्रति लिटर मुल्य रु १६२.५० कायम भए पनि महंगी अकाशीदा पनि पहिलको र हालको इन्धनको मुल्य बृद्धिले दोब्बर हुदा पनि उद्योगले प्रति टन रु ६८६ भाडा दार काय गरि भुतmानी गरिरहेको छ ।
बजारमा मुल्य बृद्धिले मोटर पार्टस र टायरको मुल्यमा ४० प्रतिशत बृद्धि भएको देखिन्छ । त्यस्तै बजारमा नया टिपर खरिदमा २५ प्रतिशत मुल्य बृद्धि भएको छ । तर समय अनकुल ख्याल नगरि व्यवसायी संग समोन्य नगरि एकतर्फी रुपमा प्रति टन रु ६८६ कायम उद्योगले गरेको छ ।
हाल रु ६८६ प्रति टन गरे पनि टिपर व्यवसायीको हितमा कायम नभएको तर पनि व्यवसायीहरु घाटामा सन्चालन गरेको दाउन्ने देवी टिपर व्यवसायी हित कोषका सचिव गणेश गैरेले बताए । अरु उद्योगको तुलनामा पाल्पा सिमेन्टले झाण्डै प्रति टन रु २०० को अन्तरले भाडा दिइएको एक टिपर व्यवसायीले बताए ।
इन्धनको मूल्य वृद्धि दुई गुणा बढी भइसक्दा पनि चुन ढुंगा र क्लिंकर ढुवानीको भाडा पुरानै दर रेट अनुसार गरेको भन्दै टिपर व्यवसायीले बिहानैबाट पाल्पा सिमेन्टको मुख्य बाटो देवदहको दाउन्नेमा आन्दोलन गरेका हुन् । हामी पनि मारमा छौ मुल्य बृद्धि भए पनि हाम्रो सिमेन्टको दर रेट कमै छ त्यसमा पनि बिक्री पनि कमै छ ।
अबको १० दिन पछि टिपर व्यवसायी उद्योग बिच नया भाडादर कायम गर्ने पाल्पा सिमेन्टका प्रमुख कार्यकारी अधिकारी आतुल बनियाले बताए । सुनवल नगरपालिकाको सिसहानी भन्ने स्थानमा उद्योग रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

