रंजीत शर्मा/ नवलपरासी,२३ कार्तिक।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले भूकम्प पीडितको लागि राहत सामाग्री पठाएको छ।
गत १७ गतेका दिन जाजरकोट र रुकुम (पश्चिम) मा गएको भुकम्पबाट प्रभावित भएकाहरुको व्यक्तिका लागि राहत सामाग्रीहरु आज एक गाडी गरी पश्चिम रुकुम पठाएको छ।

रुकुम पश्चिमको लागि चामल १० क्विन्टल ,चिउरा ५ क्विन्टल , कम्बल ५० पिस , त्रिपाल ५० पिस , साबुन ४०० पिस, सरफ १०० पिस , सेनिटरी प्याड १० कार्टुन पठाइएको पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) ले जानकारी दिएका छन्।

जिल्ला प्रशाशन रुकुम पश्चिमलाई एउता पत्र लेख्दै सामाग्री हरुको उचित वितरण तथा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

