Rashtriya Dainik

नवलपरासीको सरावलमा U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु

उमेश बि.क / नवलपरासी , २२ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सरावल गाउँपालिका र वडा नम्बर ३ काे सहयोग तथा काेपिला बाल क्लबकाे आयाेजनामा U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता आज एक कार्यक्रमबिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले उदघाटन गर्नुभएको हाे।

खेलकुद संयाेजक समीर खानकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सुरु भएको खेलकुदलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले बालबालिका देशकाे कर्णधार भएको र आज नेतृत्व गर्ने क्षमता बालबालिकामा भएको बताउनुभयो । काेपिला बालक्लबलाई सुरुवात देखि आफुले सहयोग गरेको बताउदै बालबालिकाहरु यसरी अगाडि बढिरहेको याे सरावलकाे बिकास भइरहेको बताउनुभयो । सरावल खेलकुद जगतमा अगाडि रहेको बताउदै याे प्रांगण खेलकुद उत्पादन गर्ने थलो भएको बताउदै खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हाे ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलकुद स्वास्थ्यकाे लागि र राष्ट्रकाे लागि महत्त्वपूर्ण रहेकोले बालबालिकाहरु यश खेलकाे सुरुवात गरेको महत्त्वपूर्ण कार्य रहेको बताउनुभयो । बालबालिकाले खेलकुद प्रति देखाएको रुचिमा पालिकाबाट साथ सहयोग रहने बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले हामीले भाेलिकाे दिनमा केही गर्न छ र राष्ट्रमा चिनाउन छ भने बालबालिकामा लगानी गर्नुपर्छ । सरावल गाउँपालिकाले त्यसप्रति सकारात्मक रहेको बताउदै यश खेलकुद सन्चालनका लागि सहयोग साथ रहने बताउनुभयो ।

खेलकुद उदघाटन कार्यक्रममा सरावल वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , समाजसेवी हरिलाल यादव र पत्रकार उमेश बि.क ले खेलकुदकाे फाइदा र खेलाडीबारे चर्चा गर्नुभएको थियो ।

क्लबका निवर्तमान अध्यक्ष राजु सिंहकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सन्दिप बि.क ले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित