कात्तिक २१, नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष ०७९/८० मा सम्पन्न भएका योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा नगरमा संचालित आयोजनाहरुको बारेमा समीक्षा कार्यक्रम मार्फत जानकारी गराईएको हो ।बर्दघाट नगरपालिकाको आयोजना रहेको कार्यक्रमको समन्वय बर्दघाट प्रेस क्लवले गरेको थियो ।

कार्यक्रम आफ्ना धारणा राख्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरले अघि सारेका योजनाहरु क्रमिक रुपमा पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।”जनतामाझ थुप्रै प्रतिबद्धता गरेका थियौ त्यो हामिलाई स्मरण नै छ तर बिबिध कारणबस एकै चोटि बिकास सम्भव नहुदो रहेछ क्रमिक रुपमा सबै क्षेत्रलाई समेटेर सुधारेर लैजाने प्रयत्नमा छौ”श्रेष्ठले भन्नू भयो ।निर्वाचित भए लगत्तैको घोषणा अनुरुप उज्यालो नगर अभियानका लागि सबै वडामा १२ सय पोल बत्ती जडान गरिएको जानकारी दिदै बिगतमा बिधुत महसुलको लाखौ ब्यभार नगरले ब्यहोर्नु परेको उल्लेख गर्नु भयो ।यद्यपि उज्यालो नगर अभियानका लागि नगर आफै अग्रसर हुने उहाको भनाई छ।नगर भित्र रहेको चिसापानि अस्पतालमा बिषय विशेषज्ञ चिकित्सकहरु र आवस्यक उपकरणहरु खरिद गरी नागरिकलाई सहज र सरल रुपमा स्वास्थ्यको पहुचमा पुर्याउन आफुहरु प्रयत्नशिल रहेको जिकिर गर्नु भयो ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले कर्मचारीलाई सहज रुपमा काम गर्ने बाताबरण रहनु पर्ने बताउदै जनप्रतिनिधि र कर्मचारी नागरिकका हितमा समन्वयात्मक रुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।नगरपालिकाले संचालन गरेको कृषी उपज केन्द्रमा भारतिय तरकारी आएको भन्ने बिषयमा भारतिय तरकारी नभै फरक जिल्ला बाट तरकारीहरु आयात भएको स्पष्ट पार्नुभएको थियो।नगरले सन्चालन गर्ने क्रियाकलापमा निजि क्षेत्र र संघ सस्थालाई समेत समेटेर लगिनु पर्नेमा उपाध्यायको जोड रहेको थियो । उपप्रमुख उपाध्यायले अघिल्लो आर्थिक बर्षमा नगरबाट भएका न्यायिक निरुपणमा बिषयमा समेत जानकारी दिनुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले संचालित योजनाहरु पारदर्शी रुपमा सम्पन्न गर्नु पर्ने मा जोड दिदै पटक पटक बजेट बिनियोजन भएर सुरु नभएर फृज भएक का योजनाहरुलाई समेत प्राथमिकताका साथ अघि बढाईएको बताउनुभयो ।
समिक्षा कार्यक्रममा दलगत प्रतिनिधित्व गर्दै नेपाली काङ्ग्रेस नगरसभापती दामोदर जिसि,नेकपा एमाले नगर कमिटी अध्यक्ष रबिन्द्र बिक्रम हमाल,माओबादी केन्द्रबाट कमल परियार लगायतले बोल्दै आम जनतासग प्रत्य्क्ष सरोकार राख्ने बिषयबस्तुहरुका बारेमा योजना ल्याउन र नगर जनमैत्री हुन सुझाव दिनु भएको थियो ।कार्यक्रममा उपस्थित किसानहरुले कृषि क्षेत्रको समयमा मल,बिउबिजन र बिषादीको उपलब्धता नहुने गरेको गुनासो पोखेका थिए भने ।ठोस र समावेसी रुपमा उपलब्धिमुलक कृषि योजनाहरु ल्याउन आग्रह गरेका थिए।
नगरका शाखा गत प्रमुख हरुले आ आफ्ना शाखाका उपलब्धिमुलक प्रतिबेदन हरु माथी प्रकाश पारेका थिए ।कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

