नवलपरासी , २१ कार्तिक
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहिमा नवलपरासीकाे मिडिया संञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
परासी सूचना तथा सञ्चार सहकारी सस्था लिद्धारा सञ्चालित सामुदायिक रेडियो परासी ९०.२ मेगार्हजले १६ औं वार्षिकोत्सव तथा सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन मंगलबार सुनवलमा नवलपरासीका मिडिया संञ्चालकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको हाे ।
रेडियोकाे अध्यक्ष सुमन गाेपाल अचार्यकाे अध्यक्षता तथा सुनवल नगरपालिका मेयर बिमला अर्यालकाे प्रमुख आतिथ्यतामा आमसंचार क्षेत्रमा देखापरेका समस्या र त्यसको समाधानका उपायका बारेमा छलफल भएकाे थियो ।
कार्यक्रममा बोल्दै सुनवल नगरप्रमुख अर्यालले सामाजिक रुपान्तरणमा आमसंचार माध्यमकोे महत्वपुर्ण भुमिका हुने भएकाले स्थानीय सरकार संचारसंस्थासँग सहकार्य गरेर नै अघिबढेको बताउनु भयो ।
सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले व्यवसायीक पत्रकारीता गर्ने हो भने समाचार लेखन शैलिमा सुधार गर्न आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा रेडियो संञ्चालक समिति सदस्य एवं कार्यक्रम संयोजक रामजि ज्ञवाली, प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले आमसंचार माध्यममा देखिएका समस्या र चुनौतीहरु समाधान गरेर विश्वसनिय पत्रकारीताको जग बसाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्लाका संचारमाध्यमले संचार संस्थाको दिगोपन, समाचार लेखनमा पाकोपन, व्यवसायीक पत्रकारीता जस्ता विषयमा छलफल भएको थियो ।

यसैबीच वार्षिकोत्सवको अवसरमा बुधवार छैठाै दिन परासीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक एवम् रेडियाे परासीका उपाध्यक्ष राजकुमार रेश्मीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

