Rashtriya Dainik

सवारीसाधनबाट धुलो समस्य भएको भन्दै स्थानीयद्वारा प्रदर्शन

आरपि उपाध्याय / नवलपरासी , २२ कार्तिक

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा न.१५ अन्तर्गत त्रिशक्ति टोलका बासिन्दाहरुले टिप्पर लगायत भारी सवारीसाधनले बाटोमा धुलो उडाउने र सडक भत्काउने कार्य गरेकोमा सडक अवरोध गरि प्रदर्शन गरेका छन।

त्रिशक्ति टोलका बासिन्दाहरुले सडक बिगार्नेका विरुद्ध उक्त सडक खण्ड ४ घण्टा अवरोध गरि प्रदर्शन गरेको स्थानीय बाबुल गैरेले जानकारी दिनुभएको छ।

सडक अवरोध गरि विरोध प्रदर्शन गर्नेहरुले सडक मर्मत कार्य नहुदा सम्म विरोध कार्य जारी रहने बताएका छन। यस सम्बन्धमा बर्दघाट नगरपालिका वडा न.१५ का वडा अध्यक्ष रुद्र बहादुर आलेले चालू आर्थिक वर्ष मै उक्त सडक मर्मतका लागि रकम छुट्टाइएको जानकारी दिनुभयो।

वडा अध्यक्ष आलेले सवारीसाधन अवरोध नगरी ध्यानाकर्षण गर्न आग्रह गरेको बताउदै आउदो मङ्सिर महिनामा सडक मर्मतको प्रक्रिया सुरु गर्ने बताउनु भयो।

बर्दघाट नगरपालिका वडा न.१५ तेलहा स्थित नेपाल गण्डक पश्चिमी नहर हुँदै त्रिशक्ति टोल तर्फ जाने सडक जिर्ण र साङ्घुरो भइ उक्त गाउले सडकमा चल्ने सवारीसाधनले बाटोको छेउमा रहेको घरको पर्खाल भत्काउने र सडकमा ठुला ठुला खाल्डो बनिसक्दा पनि सम्बन्धित पक्षले ध्यान नपुर्याएकोमा आक्रोशित स्थानियहरुले सडक बन्द सहित साङ्केतिक प्रदर्शन गरेको स्थानिय जलमाया थापाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित