उमेश बि.क / नवलपरासी , २२ कार्तिक
पश्चिम नवलपरासीको रामग्राम २ मा ब्युटिसियन र सिलाइ कटाई तालिम सम्पन्न भएको छ।
स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग, एबिसि नेपालको आयाेजना तथा रामग्राम ट्रेनिङ सेन्टरकाे सहजिकरणमा सञ्चालित प्राबिधिक र ब्यवसायिक सिप बृद्धी अन्तर्गत दुई महिने ब्युटिसियन र एडभान्स सिलाइ कटाई तालिम सम्पन्न भएको हाे।

रामग्राम ट्रेनिङ सेन्टरको प्रबन्धक निर्देशक बिन्द्रेश हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच प्रमाणपत्र वितरण गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका उपाध्यक्ष हरिजनले सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताउनु भयो ।

त्यस्तै एबिसि नेपालकाे क्षेत्रीय कार्यालय प्रमुख मनाेज लामिछानेले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरेको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

सिपमुलक तालिममा सरावल गाउँपालिका , पाल्हिनन्दन गाउँपालिका र सुस्ता गाउँपालिका गरि ११ जना किशोरीहरुकाे सहभागीता रहेको थियो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

