Rashtriya Dainik

भुकम्प प्रभावितका लागि प्रतापपुर गाउँपालिकाले दुई लाख पच्चीस हजार सहयाेग गर्ने

उमेश बि.क / नवलपरासी , २१ कार्तिक

पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकाले भुकम्प प्रभावितका लागि सहयाेग गर्ने भएको छ।

जाजरकोटकाे भूकम्प प्रभावितलाई प्रतापपुर गाउँपालिकाले दुई लाख पच्चीस हजार सहयाेग गर्ने घाेषणा गरेकाे छ ।

भुकम्पमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि उक्त रकम सरकारलाई सहयोग वापत उपलब्ध गराईने प्रतापुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयाे ।

रकमका हिसाबले ठूलो त होइन तर मानवीय धर्म निर्वाह गर्ने प्रयास गरेका हौ,सबैको सानो सानो सहयोग नै ठूलो हुने हो पीडितकाे पीडामा थोरै भएपनी मलम लागोस् भन्ने चाहाना अनुसार साे रकम सहयोग गरेको पालिका अध्यक्ष यादवले बताउनुभयो ।

अध्यक्ष यादवले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित भुकम्प पिडितलाई खुला हृदयले सहयाेग गर्न स्वदेश र विदेशमा रहेका नेपालीलाई आग्रह समेत गर्नुभयाे ।

यहि कात्तिक १७ गते शुक्रबार राति ११:४७ मा जाजरकोट र रूकुम पश्चिममा २०७२ पछिकाे ठूलो भुकम्प गएकाे थियाे । जसकारण ठूलाे मानवीय तथा भाैतिक क्षति समेत भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित