Rashtriya Dainik

धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा साह हाजिर,अध्यक्षले गरे स्वागत

राजन कुमार बानिया /पर्सा ,२१ कार्तिक

पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भई अाज बाट कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु ले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

धोबिनी गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान सहित उपाध्यक्ष मन्जु देवी कुर्मी , नेपाली काँग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिसोर पटेल,वडाध्यक्ष बन्धु साह ,राजकिसोर पटेल, अबास मियाँ , मनाउर मियाँ ,शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, वडा सदस्य मदन सहनी,कमल ठाकुर, जितेन्द्र कुर्मी, गाउँपालिका कर्मचारीहरुले अधिकृत साहलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।

साे अवसरमा अधिकृत साहले बोलदै भने आफु जनताहरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता गर्नु भएको हो। जनताहरुको काम काजको साथै बिकास निर्माण लगायत को काम हरु अगाडि बढाउने ,साथै जनप्रतिधि र कर्मचारीकाे समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएकाे छ, त्यसरी नै तपाईहरुकाे सहयाेग र समन्वयकाे जरुरी रहेको बताए ।

परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी,पत्रकार लगायतको उपस्थिती रहेको थियो। गाउँपालिकामा अाउनु भएको प्रमुख प्रसाशकिय अधिकृत प्रमोद कुमार साह यो भन्दा पहिला ईलाका प्रसाशन कार्यालय सिम्रौनगढ बाट सरुवा भई अाउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित