Rashtriya Dainik

सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ श्वेता रक्तदान अभियान

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना गरी ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल भएकाे छ ।

गत शनिबार कार्तिक १८ गते नेपाल रेडक्रश सोसाइटी भक्तपुरले प्राविधिक सहयोगमा, स्थानिय युवा अनिल लामाको सहजिकरण, रिभर बे बीच रिसोर्ट – सुकुटेका सञ्चालक महेन्द्र श्रेष्ठ,सिन्धु पर्यटन व्यवसायी संघ का अध्यक्ष नारायण श्रेष्ठ , श्री नवप्रतिभायुवा क्लब बलेफीका अध्यक्ष राजु श्रेष्ठतथा रक्तदाता अभियान्ताहरूको विशेष सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

करिब तीन बर्षदेखि स्वास्थ्य क्षेत्रमा विशेष सेवा पुर्याउने उद्वेश्यले रक्तदान अभियान गर्दै आइरहेको श्वेता रक्तदान अभियानका अभियान्ता श्वेता श्रेष्ठका अनुसार अहिलेसम्म विभिन्न क्षेत्रमा गरी ३ सय ५० भन्दा बढि रक्तदान कार्यक्रम आयोजना गरी सकेकाे जनाउँदै रगतको अभावको कमीलाई ध्यानमा राखेर अझै धेरै कार्यक्रमहरु गर्ने योजना रहेको जनाए ।

सो रक्तदान कार्यक्रमा युवाहरुको उत्साह पुर्वक सहभागिता रहेकोमा २० जना मध्ये एक जना महिलाले पनि रक्तदान गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित