Rashtriya Dainik

विनोद चौधरिको समाजसेवा हातखुट्टा नहुनेलाइ कृतिम खुट्टाको सहारा

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १६ कुकुरमारा निवासी मोहमद अलि मियां दुबै खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसीले हर्सीत हुनुभएको छ ।
७ । ८ बर्ष अघि सवारी दुर्घटनामा परी दुवै खुट्टाको गोडा ( तिग्रा ) भन्दा मुनीको भाग गुमाउनुभएका मियांले अहिले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) बाट निशुल्क रुपमा सेवा लिएपछि उहा अहिले सारै हर्सविभोर हुनुहुन्छ ।

मैले यो सेवा लिन अन्यत्र जान पर्दा मलाई करिव २ देखी ३ लाख रुपैया खर्च हुनथ्यो मियांले भन्नुभयो मैले निशुल्क रुपमा दुबै खुट्टामा कृत्तिम खुट्टा पाए जसले गर्दा मलाई अब डिडडुल गर्न कसैको शाहार लिनुपदैन् ।

मियां एउटा प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । मिया जस्तै अन्य विरामीले पनि चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालको सहकार्यमा सेवा प्रारम्भ संगै चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउदै आएका छन् ।
यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न. १० भुव्हाचापी निवासी सुकुबा कुमालले समेत एउटा खुट्टामा कृत्तिम खुट्टा पाएपछि अहिले खुसी देखिनुहुन्छ ।

२०७८ सालमा सवारी दुर्घटनामा परी एउटा खुट्टाको घुडाभन्दा तलको भाग गुमाउनुभएका ५२ बर्षिय कुमालले निशुल्क रुपमा कृत्तिम खुट्टा पाएपछि आफुले हिडडुलमा थप सहजता भएको बताउनुहुन्छ ।

संघीय निर्वाचन पश्चिम नवलपरासी क्षेत्र न १ मां संघीय सांसद बिनोद चौधरीले निर्वाचनको बेलामा चिसापानी अस्पताललाई चौतर्फी रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

चुनावी प्रतिबद्धता अनुसार संघीय सांसद चौधरीले चौधरी फाउण्डेसजनको सहकार्यमा चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन साथै अस्पताल अस्पतालमा अन्य प्राविधीक उपकरण हस्तान्तरण गर्नुभएको छ ।

संघीय सांसद बिनोद चौधरी प्रमुख संरक्षक रहेको चौधरी फाउण्डेसनले लुम्बिनी प्रदेशमै पहिलो पटक चिसापानी अस्पतालमा सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने ) काम गर्न थालेपछि सेवाग्राहीहरु लाभाब्बीत हुन विस्वास लिईएको हो ।

सबल केन्द्रका फोपक पर्सन दिपक सिंह केसीले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना भएदेखी १ महिनको अवधीमा चार जना बिरामीलाई कृत्तिम खुट्टा उपलब्ध गराईसकिएको जानकारी दिनुभयो ।

यता चिसापानी अस्पताल बिकास समितीका अध्यक्ष ईन्द्र सापकोटाले चौधरी फाउण्डेसनको सहयोगमा बर्दघाट स्थित चिसापानी अस्पतालमा सीजी सबल केन्द्र ( कृत्तिम हात खुट्टा तयार गरी उपलब्ध गराउने परियोजना ) संचालन भएपछि विरामीहरुलाई निकै ठुलो सहयोग पुग्ने बताउदै केन्द्रको सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित