Rashtriya Dainik

टिकटकमा अश्लिल हर्कत देखाएकी बराल पार्टीबाट निश्काशित

टिकटक लाइभमा गोप्य अंग प्रदर्शन गरेर विवादमा आएकी माओवादी केन्द्र सैनामैनाकी नेतृ शान्ति बराल पार्टीबाट निश्काशित भएकी छन् ।

माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष नारायण महत र सचिव दीपक भण्डारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बरालले नेपाली समाजको सामाजिक मर्यादा तथा पार्टीको सांस्कृतिक आचरण विपरित हर्कत गरेको हुंदा पार्टीको सम्पूर्ण जिम्मेवारी साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको उल्लेख गरेका छन् । उनी वाईसीएल सैनामैनाको अध्यक्ष समेत थिइन् ।

एक हप्ता अघि टिकटक लाइभका क्रममा बरालले ब्लाउज खोलेर आफ्नो स्तन टिकटक प्रयोगकर्तालाई देखाएकी थिइन् । त्यसरी स्तन देखाएपछि टिकटक साथीहरुले उपहार दिएपछि उनले पटक पटक थ्याङ्क यु भनेकी थिइन् ।

उनको उक्त गतिविधिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति निकालेर इडिट गरेर आफूलाई बद्नाम गर्न खोजिएको दावी गरेकी थिएन् । तर फेसबुक वालमा राखिएको उक्त विज्ञप्तिमा अधिकांश फेसबुक प्रयोगकर्ताले आफूहरुले बरालको हर्कत लाइभ देखेको भन्दै यस्तो झुठो विज्ञप्तिको अर्थ नभएको टिप्पणी गरेपछि विज्ञप्ति नै हटाएकी थिइन् । बरालले मुख्यमन्त्री कार्यालयमा माओवादी जिन्दाबाद भन्दै बनाएको भिडियो समेत विवादित बनेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित