Rashtriya Dainik

इन्डो नेपाल बोर्डर पत्रकार संघको विस्तारित बैठक भारत उत्तर प्रदेश कुसीनगर जिल्लाको छितौनीमा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी , १९ कार्तिक

इन्डो नेपाल बोर्डर पत्रकार संघको विस्तारित बैठक भारत उत्तर प्रदेश कुसीनगर जिल्लाको छितौनीमा आइतबार सम्पन्न भएको छ।
पश्चिम नवलपरासीका वरिष्ठ पत्रकार एवं इन्डो नेपाल बोर्डर पत्रकार संघका संस्थापक सदस्य आर.पि. उपाध्यायको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

सो अवसरमा भारत यु.पि. छितौनी नगर पन्चायतका चियरमेन अशोक निषादको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि निषादले सिमावर्ती क्षेत्रमा गठन भएको इन्डो नेपाल बोर्डर पत्रकार संघमा आबद्ध पत्रकारहरुले आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै सिमावर्ती क्षेत्रमा हुने गैरकानुनी कार्य रोक्न क्रियाशिल रहनु पर्ने धारणा राख्नुभयो।

सो अवसरमा गण्डक पार पत्रकार संघका अध्यक्ष एवं इन्डो नेपाल बोर्डर पत्रकार संघका सदस्य रबिश मिश्राले पत्रकार वर्ग सदैव सत्यतथ्य समाचार लेख्नुपर्ने धारणा राख्दै संघको सकारात्मक गतिविधिबाट पनि सिमा क्षेत्रमा स्थानिय प्रशासनलाई अवैध कार्य रोक्न सहज हुने विचार व्यक्त गरेका थिए।

पत्रकारहरुको बैठकमा नेपाली पत्रकारहरुले भारतका सिमावर्ती बजारहरुमा लागू औषधको खुले आम बिक्री वितरण हुँदै आएकोमा त्यसको रोकथाम र नियन्त्रण गर्न भारतिय सञ्चारकर्मीहरुले कडा रुपमा कलम चलाउन पर्ने धारणा राखेको नेपाली पत्रकार मण्डलको सदस्य पप्पु रेग्मीले जानकारी दिनुभएको छ।

सिमावर्ती क्षेत्रमा पित पत्रकारिता मौलाएको विषयमा पनि बैठकमा चर्चा भएकोमा त्यसको रोकथाम र सत्यतथ्य समाचार लेख्ने बारे पनि बैठक केन्द्रित रहेको थियो।

बैठकले आगामी दिनहरुमा पत्रकारितालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन दक्ष र विज्ञ प्रशिक्षकद्वारा पत्रकारहरुलाई प्रशिक्षण गरिने कार्यप्रति संघ क्रियाशिल रहने इन्डो नेपाल बोर्डर पत्रकार संघका सचिव नत्थु शर्माले जानकारी दिनुभएको छ।

इन्डो नेपाल बोर्डर पत्रकार संघको बैठकमा नेपाल भारतका गरि कुल ३५ पत्रकारहरुको उपस्थिति रहेको इन्डो नेपाल बोर्डर पत्रकार संघका अध्यक्ष कौशल कुमारले बताउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित