Rashtriya Dainik

व्यवसायी नन्दलाल वैश्यले गरे भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण

नेपालगन्ज, १९ कार्तिक

कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहनु भएका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गर्नुभएको छ ।
कम्बल र तन्ना वितरणका लागि वैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा परी घाइते भई भेरी अस्पतालमा उपचाररत बिरामी र बिरामीका कुरुवालाई सहजता मिलोस् भनी सो कम्बल र तन्ना हस्तान्तरण गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका वैश्यले बताउनुभयो । उहाँले यो दुखद घडीमा सबैले मिलेर एकअर्काको सहयोग गर्नु प्रमुख धर्म भएको बताउँदै आवश्यक परे अरू पनि सहयोग गरिने जनाउनुभयो । सोही प्रकारले अस्पतालमा रहेका घाइते र कुरुवालाई उहाँले आइतबार चिया बिस्कुट र केरालगायत गरेर बिहानको नास्ता पनि खुवाउनुभयो ।
कम्बल र तन्ना लिँदै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैको सहयोग र समर्थन र दौडधुपले गर्दा घाइतेको उपचार समयमै गर्न सकिएको जनाउँदै भूकम्पपीडितको उपचार र अन्य सहयोगका लागि बाँकेवासीले देखाएको आत्मीयता सराहनीय रहेको बताउनुभयो ।
उहाँले सुरक्षा निकाय, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, पत्रकार र अन्य नागरिकले दिएको सहयोग र हौसलाकै कारण यहाँ आएका सबै घाइतेको राम्रो उपचार हुँदा सबै सकुशल र खतरामुक्त रहेको बताउनुभयो ।
राप्रपाका युवा नेता सहायक महामन्त्री ऋषिराज देवकोटा,नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ का वडाअध्यक्ष बिबेक वाजपेयी , राप्रपा बाके नेपालगञ्ज उपमहानगरपालिका वडा न ३ का एकाई अध्यक्ष अमन गुप्ता लगायतको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित