नवलपरासी , १९ कार्तिक
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र नवलपरासीले वडा नम्बर १५ का कृषकलाई १० लाख बराबरको १ सय क्विन्टल आलु बितरण गरिएको छ ।

वडा नम्बर १५ लाई कृषि ज्ञानकेन्द्रले “कार्डिनल” प्रजातिको आलु बितरण गरेको हो ।मुलत वडा नम्बर १५ को पोटाहा क्षेत्रलाई आलु पकेट क्षेत्रको रुपमा सन्चालन गर्नका लागि उक्त बीउ उपलब्ध गराईएको हो ।किसान बाट उत्पादन भएको आलुलाई बजारीकरणका लागि नगरले सन्चालन गरेको कृषि उपज केन्द्रमा ल्याउन ढुवानीको ब्यवस्थापन र भण्डार भाडा निशुल्क गरीने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
कृषी ज्ञान केद्रले आलुका लागि आवस्यक बिषादि, आलुमिन(भिटामिन)समेत उपलब्ध गराउने र नगरबाट प्राविधिक सहयोग गरिने कृषि शाखाका प्राविधिक खुमाकान्त न्यौपानेले जानकारी दिनुभयो।
कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि समेत यसले महत्त्वपूर्ण भुमिका खेल्ने हुदा बजारीकरणको समस्या नभए सयौ कृषक लाभान्वित हुने वडा अध्यक्ष रुद्र बहादुर आलेले बताउनु भयो।धान खेती मात्र गर्दै आएका यहाका किसानलाई आलु खेतिबाट बढी फाईदा हुने बताईएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

