Rashtriya Dainik

भूकम्पपीडितका लागि बर्दघाट नगरपालिकाद्वारा दुई लाख

नवलपरासी । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा रु २ लाख जम्मा गरि सहयोग गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

“नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने छलफल भएको छ ।रकमका हिसाबले ठूलो त होइन तर मानवीय धर्म निर्वाह गर्ने प्रयास गरेका हौ,सबैको सानो सानो सहयोग नै ठूलो हुने हो पीडितकाे पीडामा थोरै भएपनी मलम लागोस् भन्ने चाहाना हो”सबैलाई सहयोगका लागि आह्वान गर्दछु”नगरप्रमुख श्रेष्ठले भन्नूभयो ।

नगरपालिकाले नगरभित्रका संघ संस्था र सहयोग गर्न चाहनेहरूका लागि सहयोग गर्न अपिल समेत गर्ने जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित