Rashtriya Dainik

लक्ष्मी नारायण साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ बासाबसहीमा अवस्थित लक्ष्मी नारायण साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार संस्थाका अध्यक्ष देवराज क्षेष्ठको अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले सहकारीले आर्थिक पाटोमा काम गरिरहँदा सगैँ मानवीय सेवा र शिक्षा क्षेत्रमा पनि सह्रानीय काम गरेकोमा खुसि व्यक्त गर्नु भएको छ । यूवाहरुलाइ रोजगारसँग जोड्नको लागि सहकारी, यूवा र गाउँपालिकालाई जोडेर अगाडि बढन आग्रह गर्नु भयो । उहाँले पालिका भित्रका सहकारीहरुलाई अगाडि बढाउनको लागि आउने दिनमा थप योजनाका साथ सहकारीहरुसँग सहकार्य गरेर अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष बासमति हरीजनले संस्थाको सफलतासँगै शेयर सदस्यको सफलतापनि जोडिएकोले सहकारी र सहकारीका शेयर सदस्य नङ्ग र मासुको सम्बन्ध जस्तै हुनु पर्ने बताउनु भयो ।

सो अवसरमा सहकारीले एसइइमा र प्लस टु मा राम्रो जिपिय ल्याउने सदस्यका छोराछोरी तथा एकल महिला र जेष्ठ नागरिकलाई नगद राशि सहित सम्मान गरेको छ ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले देशले आर्थिकमन्दीको अवस्था भोग्न परेको बताउनु भयो । उहाँले ठुला बैंकहरुमा देखिएको तरलताले लगानीको काम बन्द गर्नु पर्ने अवस्था आएको बताउनु भयो ।सदस्यका छोरा छोरीकाको उच्च शिक्षा र बैदेशिक रोजगारीमा जान संस्थाले महत्वपूर्ण भूमिकाि निर्वाह गरेको बताइएको छ । अति विपन्न परिवारलाई हुने खाने बनाउनका लागि दुग्धजन्य कारोबार गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले सहकारीले रहेक महिना सचेतनामूलक तथा बाताबरणीय कार्यक्रमहरु गर्दै आएको कुरा समेत उल्लेख गर्नु भएको थियो ।
साधारण सभामा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष गोविन्दप्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बीनी सुनवल साकोसका अध्यक्ष लेखनाथ खरेल, गाउँपालिका वडा नं.१ का अध्यक्ष विष्णु प्रसाद भट्टराइ, समाजसेवी राधेश्याम चौधरी संस्थाका सदस्य देवराज चौधरी लगाएतले बोल्नु भएको संस्थाका सचिव चोलाकान्त पौडेलले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित