आरपि उपाध्याय / नवलपरासी ,१८ कार्तिक
परमार्थ साधना सत्सग्रामाश्रम कोटीहोम विनयी त्रिवेणी ६ नवलपुरको ३० औं वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार त्रिवेणी धाममा सम्पन्न भएको छ।
कोटीहोम व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले शिक्षाको अभ्यास र साधना गरेको स्थलको रुपमा परिचित त्रिवेणी स्थित कोटीहोमको महिमा उच्च कोटी रहेको धारणा राख्दै कोटीहोम विकास प्रवर्द्धनका लागि राज्य र सरोकारवाला निकायले गम्भीर चिन्तन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी त्रिवेणी उपशाखा सभापति रन्नता काफ्ले, रमाकान्त शर्मा,शालिकराम तिमिल्सिना, पुर्व अध्यक्ष लाल कृष्ण देवकोटा,वडा न.६ का पुर्व वडा अध्यक्ष प्रीतम बहादुर गुरुङ्ग, चन्द्रकान्त सुवेदी लगायतले धार्मिक महत्व र कोटीहोमको विकास बारे प्रकाश पार्नुभएको थियो।
२०५० सालमा स्थापना भएको परमार्थ साधना सत्सग्रामश्रममा हाल १८ बालबालिकाहरुले संस्कृत शिक्षाको माध्यमबाट अध्ययन गरिरहेका छन भने त्यहा १ जना शिक्षकले मात्र अध्यापन कार्य गरिरहनु भएको जानकारीमा आएको छ।
कोटीहोम व्यवस्थापन समितिकी उपाध्यक्ष भक्ती अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई चिरञ्जीवी ढुंगानाले सञ्चालन गर्नुभएको थियो।

सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि पुनः मोतिलाल उपाध्यायकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। जसको उपाध्यक्षमा भक्ती अधिकारी,सचिवमा सरिता शर्मा,कोषाध्यक्षमा चन्द्रकान्त सुवेदी, सहसचिवमा रन्नता काफ्ले र सदस्यहरुमा भुपराज अधिकारी,सफला नेपाल, चेतनारायण न्यौपाने र तारा भट्टराई सर्वसम्मत चयन हुनुभएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

