आरपि उपाध्याय / नवलपरासी , १८ कार्तिक
शुभ लाभ बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ७ को १२ औ बार्षिक साधारण सभा विनयी त्रिवेणीको शिवपुर गढिमा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रकाश कुवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएकी विनयी त्रिवेणी ७ की वार्ड सदस्य शोभा थापा क्षेत्रीले सहकारीको माध्यमबाट गरिबी न्युनिकरण गर्न किने बताउदै सहकारी शिक्षा बाट नै सहकारीको ज्ञान र विकास सम्भव भएको जिकिर गर्नुभयो।
साधारण सभामा साना किसान कृषि सहकारी संस्था लि. विनयी त्रिवेणी ७ की प्रबन्धक सरिता शर्मा, शुभ लाभ बचत तथा श्रण सहकारी संस्था लि. का संस्थापक अध्यक्ष दिपक कुवर , बिष्णू कुमार श्रेष्ठ, आर.पी उपाध्याय लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नुभएको थियो ।
संस्थाका अध्यक्ष कुवरले अध्यक्षको प्रतिवेदन, व्यवस्थापक हरिबहादुर पौडेलले आय व्यय प्रतिवेदन र लेखा संयोजक सिद्धि कुमार थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुएको कार्यक्रम सञ्चालक मदन ज्ञवालीले जानकारी दिनुभएको छ ।

२०६८ सालमा स्थापना भएको संस्थाले गत आर्थिक वर्षमा ३६ लाख ७२ हजार शुद्ध नाफा गरेको संस्थाले बताएको छ । कार्यक्रममा उत्कृष्ट सेयर सदस्यहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कुल ६९ लाख ३३ हजार सेयर पुजी रहेको संस्थामा हाल २ सय २८ सेयर सदस्य रहेको संस्थाले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

