Rashtriya Dainik

सेतिवेणी शिला दर्शन गर्ने गएकी रितु छोरा बचाउन कालीगण्डकी नदिमा जादा मृत्युमा पुगिन् ।

पर्वत ,स्याङ्जा र गुल्मीको संगम स्थलमा पर्ने शिला शालिग्राम दर्शन गर्ने गएकी पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ६ शालिग्राम काब्राङकी २५ वर्षीय  रितु भट्टराईको स्याङ्जाको गल्याङ नगरपालिका –७ स्थित सेतिवेणी कालीगण्डकी नदिमा छोरा बचाउन हामफालेको रितु भट्टराईको मृत्यु हो ।

सेतीवेणी शिलाको दर्शन गर्न गएकी उनको चार वर्षीय छोरा रियान्स कालीगण्डकीमा खसेका थिए। शुक्रबार बिहान शिला दर्शनका लागि पर्वतको विहादी गाउँपालिका नम्बर ६ शालिग्राम काब्राङबाट उनी त्यहाँ पुगेकी थिइन्।

दुवै जनाको उद्धार गरेर कालीगण्डकी अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। छोरा  रियान्सको अवस्था पनि गम्भीर भएपछि थप उपचारका लागि पाल्पा मिसनमा लगिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित