Rashtriya Dainik

जोशिको पहलमा सडक मर्मत तथा स्तरोन्नतिका लागि बझाङमा ३ करोड ५० लाख बजेट बिनियोजन !

दोरेन्द्र खड्का/बझाङ ,१८ कार्तिक

बझाङ जिल्लाका सडक मर्मत तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन भयको छ । जिल्लाका विभिन्न पालिकाका सडक मर्मत तथा स्तरोन्नतिका लागि ३ करोड ५० लाख बजेट बिनियोजन गरियको छ ।

शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समिति सभापति मा. भानुभक्त जोशीको पहलमा सडक बोर्ड नेपालबाट सडकहरु स्तरोन्नतिको लागि बजेट बिनियोज गराइएको हो ।

बझाङ जिल्लाका लाछिगाड मष्टा गाउँपालिका हुँदै ३ न. वडा कार्यालय भातेखोला रिलु दय सडक स्तरोन्नतिका लागि रु. १ करोड ५० लाख ,झुटेडा दान्ना मेल्लेख सडक मर्मत तथा स्तरोन्नति छविस पाथिभेरा गाउँपालिका ४ मा रु. १ करोड ,
कमेडिखान डौड बुगल नगरपालिका १०,११मा सडक स्तरोन्नतिका लागि रु. १ करोड बजेट बिनियोजन भयको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित