काठमाडौं,१८ कात्तिक
भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ ।
नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

