राजन कुमार बानिया / पर्सा ,१७ कार्तिक
राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता कार्यक्रम अाज पर्साको कालिकामाई गाउँपालिकामा रहेको दिब्य कन्या माध्यमिक बिधालय बिरन्चीर्वाको सभाहलमा सम्पन्न भएकाे छ ।
कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे वक्तृत्वकाला प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मा.वि भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।
प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारीलाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जनाएका छन।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता प्रमुख अतिथि रहनु भएका गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताको प्रमुख्य अतिथ्उमा सम्पन्न भएको थियो। कार्यक्रममा बोलदै गापा अध्यक्ष गुप्ताले भने देश निर्माणमा युवाकाे भुमिका महत्वपूर्ण रहेकाे वताए । उनले युवाले देश छाेडेर जानु भन्दा आफ्नै देशमा बसेर परिश्रम गरेर देश बनाउनु पर्ने वताए ।
कार्यक्रममा गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत नमाेनाथ यादव, दिव्य कन्या माविका प्रधानाध्यापक रामजतन प्रसाद महतो, शिक्षक ईन्द्रदेव पटेल, सुवाेध चाैरसिया, रामबिश्वास चाैरसिया ,अदित्य शर्मा, बिकास पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

