राजन कुमार बानिया /पर्सा ,१७ कार्तिक
जनता समाजबादी पार्टी नेपालको बृहत पार्टी प्रबेश कार्यक्रम पर्साको कालिकामाई गाँउपालिका वडा नं २ भेडियारीमा भएको कार्यक्रममा बिभिन पार्टी परित्याग गरि सयौको संख्यामा पार्टी प्रबेश गरेका छन।
जसपा नेपाल कालिकामाई गाउँपालिका कमिटिले अायोजना गरेको कार्यक्रममा कांग्रेस, नेकपा एस , लोसपा,लगायतले जसपा नेपालमा प्रबेश गरेका छन।
जसपाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा संजय साह कानु,मोतिलाल साह, तबरेज खा, लालमहमद गदि, सुबास साह कानु, अबास मिया, मनइ पासवान, प्रदिप पसवान, सीता देवि, हिरामती देवी, मुनि देवि, माया देवि, रमिता देवि, सुनील साह तेली , सुनिल साह कानु, हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका सयौको संख्यामा पार्टी प्रबेश गरेका छन।
जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका छन।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन साह कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता वडाध्यक्षाहरु लालबाबु चौरसिया, जयनारायण कुर्मी संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह ,गाउँपालिका सलाहकार अारमान खाँ, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन रामबालक चौरसियाले गर्नु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

