राष्ट्रिय दैनिक / नवलपरासी , १७ कार्तिक
पश्चिम नवलपरासीको परासीमा अवस्थित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको १६ ओैं वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आज देखि सुरु भएको छ ।
परासी सुचना तथा संचार सहकारी संस्था लि. द्वारा संचालित नवलपरासीको पश्चिमकाे पहिलो रेडियो , रेडियो परासीले आज परासीमा एक समारोहको आयोजना गरी साधारण सभा सहित वार्षिकउत्सवका सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।

रेडियोका अध्यक्ष सुमनगोपाल अचार्यकाे अध्यक्षता तथा पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकाे प्रमुख आतिथ्यतामा १६ औँ वार्षिकउत्सवको सप्ताहव्यापी कार्यक्रम उद्घाटन गर्दै पुर्व मन्त्री त्रिपाठीले समाज रुपान्तरणमा रेडियोको भुमिका अतुलनिय रहेको बताउनुभयो ।

रेडियो अब किशोरअवस्था आईपुगेको बताउदै त्रिपाठीले चुनौतिका बिच उत्साहजनक रुपमा समाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । अहिले मुलुकको आर्थिक अवस्थाका कारण पनि संञ्चारमाध्यम अप्ठ्यारोमा परेको त्रिपाठीको भनाई छ । देशको अर्थतन्त्रमा मन्दि छाएको बताउदै त्रिपाठीले यो अवस्था तत्काल नसुधारिने बताउनुभयो । नेतृत्वले बेलैमा हेक्का नराख्दा पुजिँ पलायनका कारण यसतो अवस्था सृजना भएको त्रिपाठीको भनाई छ । यो अवस्था तत्काल सुधार गर्ने कुनै उपाय छैन् र सरकार पनि यस प्रति गम्भिर नभएको त्रिपाठीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले जिल्ला भए गरेका घटना क्रमलाई सत्य र असत्यको पहिचान गरि रेडियोले खबरदारी गरिरहेको बताउनुभयो । देशबाट युवाहरु निरन्तर पलायन भईरहेको बताउदै यसतो अवस्था रोक्न गम्भिर बन्नुपर्नेमा बस्नेतले जोड दिनुभयो । कार्यक्रममा पुर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले चौथो अंगको रुपमा संञ्चारमाध्यमले कलमको प्रयोग गरि परिर्वतनको धार सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, सुनवल नगपालिकाकी प्रमुख विमला अर्याल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति बिक्रम प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता संतोष पाण्डे ,जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, जिल्ला सहकारी संघका सचिव चण्डिप्रसाद पाण्डे, नेपाल नेत्र ज्योति संघका अध्यक्ष मंञ्जु कण्डेंल लगायतले बोल्दै रेडियोले १६ वर्ष सम्म यस क्षेत्रमा पुर्याएको भुमिका अतुलनिय रहेको बताएका छन् । साथै राजनैतिक दलका नेताहरुले जिल्लामा धमाधम खोलानाला चोरी हुदा समेत सुरक्षा निकाय स्थानिय तहलाई देखाएर मुखदर्शक बनेको गुनासो पनि गरेका छन् ।

सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन भोलि १८ गते सरावलको महेन्द्र माविमा बालबालिकाको लागी स्वास्थ्य परिक्षणका लागी निशुल्क शिविर संञ्चालन हुने छ भने १९ गते समाज रुपान्तरणमा आमसंञ्चार माध्यमको प्रभाव विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने छ ।
कार्तिक २० गते परासी सहित आसपासका बजार क्षेत्रमा सिमेन्टको कुर्सी राख्ने कार्यक्रम रहेको छ । यात्रु तथा बटुवको सहजताका लागी सिमेन्टका कुर्चि रेडियोले स्थापना गर्न लागेको वार्षिकउत्सवक समारोह समितिका संयोजक राजकुमार रेश्मिले जानकारी दिनुभयो ।
यसैगरी २१ गते नवलपरासीका मिडिया संचालकसगँ अन्तक्रियात्मक कार्यक्रम गर्ने कार्यक्रम छ भने २२ गते ट्राफिक सचेतना र २३ गते साधारणसभाको बन्दसत्र र निर्वाचन कार्यक्रम गर्ने आयोजकले जनाएको छ । निर्वाचन कार्यक्रम भने पाल्ही भगवती मन्दिर परिसरमा हुने स्टेशन म्यानेजर बिकास अधिकारीले बताउनुभयो ।

सामुदायिक रेडियो परासीको २०६५ साल कार्तिक १७ गते संविधान सभा अध्यक्ष स्वर्गिय सुभाषचन्द्र नेम्वाङ्गले उद्घाटन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

