Rashtriya Dainik

धोबिनी गाउँपालिका इञ्जिनियर रबिभूषण पटेलको कोठामा चोरी

पर्सा ,१५ कार्तिक

वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटङकीस्थित एक घरमा चाेरी भएकाे छ ।

खानेपानी नजिक रहेकाे कृष्ण प्रसाद कलवारकाे घरमा करिब रु १० लाख बराबरकाे चाेरी भएकाे पिडितले वताएका छन् । घरमा काेइ नभएकाे माेकाछाेपी चाेरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चाेरेर लगेकाे हुन् ।

साेही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाका इन्जिनियर रबिभुषण पटेलकाे काेठामा पनि चाेरी भएकाे छ । उनकाे काेठाबाट चाेरहरुले दुईटा ल्यापटप र एक लाख नगद चाेरेर लगेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार एक तल्ले भवन अगाडीकाे पर्खालबाट हाम फालेर मेनगेटकाे ताला फाेडेर घर भित्र चाेरहरु प्रबेश गरेकाे देखिन्छ । घर भित्र रहेकाे पांच वटै काेठाकाे ताला फाेडेर चाेरहरु चाेरी गरेका छन् ।

घर धनी बस्दै आएका काेठाहरुमा पनि चाेरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चाेरी भएकाे सामानकाे विवरण थाहा हुन सकेकाे छैन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित